Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेपालले कुवेतलाई जितका लागि एक सय ३१ रनको लक्ष्य दियो 

नेपालले कुवेतलाई जितका लागि एक सय ३१ रनको लक्ष्य दियो 

जोईन खबर

२२, कार्तिक २०८१
  • 607
    SHARES
  • नेपालले कुवेतलाई जितका लागि एक सय ३१ रनको लक्ष्य दियो 

    २२ कात्तिक काठमाडौँ । आइसिसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपालले कुवेतलाई जितका लागि एक सय ३१ रनको लक्ष्य दिएको छ ।

    images

    संयुक्त अरब इमिरेट्स ९युएई० को अजमानस्थित द सेभेन क्रिकेट रङ्गशालामा आज टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ३० रन बनाएको हो ।

    images
    images
    images

    नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक ३४ रन, साना प्रवीणले २५ रन, ज्योत्सिन्का मरासिनीले २३ रन बनाइन् ।

    सावित्री धामी र सोनी पाख्रिनले समान छरछ रन बनाए भने सीमा केसीले चार रन बनाइन् । कृश्मा गुरुङले एक रनको योगदान दिएका थिए । जिफा जिलानी र अमिषाराम ओलाचेरीले समान एकरएक विकेट लिए । छनोट खेलमा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् ।

    प्रकाशित मिति :कार्तिक २२, २०८१ बिहिवार - १५:०४:१७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको