Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 रास्वपाले आगामी महिनामा हुने  स्थानीय तहको उपनिर्वाचनको लागि विभिन्न नेताहरूलाई जिम्मेवारी तोक्यो

 रास्वपाले आगामी महिनामा हुने  स्थानीय तहको उपनिर्वाचनको लागि विभिन्न नेताहरूलाई जिम्मेवारी तोक्यो

जोईन खबर

२२, कार्तिक २०८१
  • 670
    SHARES
  •  रास्वपाले आगामी महिनामा हुने  स्थानीय तहको उपनिर्वाचनको लागि विभिन्न नेताहरूलाई जिम्मेवारी तोक्यो

    २२ कात्तिक काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचन लागि जिम्मेवारी तोकेको छ । पार्टीले सातै प्रदेशमा चुनावी अभियान अघि बढाउन विभिन्न नेताहरूलाई जिम्मेवारी दिएको कार्यतालिका सार्वजानिक गरेको हो ।

    images

    केन्द्रीय निर्वाचन संयोजन समितिका संयोजक केन्द्रीय सदस्य एवं सांसद गणेश पराजुलीको सभापतित्वमा हिजो बसेको बैठकले उपनिर्वाचनका सम्बन्धमा विभिन्न निर्णयहरू लिएको हो । प्रदेशगत रूपमा नेताहरूलाई जिम्मेवारी बाँडफाँड गरिएको छ ।

    images
    images
    images

    कोशी प्रदेशमा केन्द्रीय सदस्य तथा सांसद निशा डाँगीले कमान्ड सम्हाल्नेछिन् । मधेसमा डा। चन्दा कार्की, बागमतीमा शिशिर खनाल, गण्डकीमा विन्दवासिनी कंसाकार कमाण्डर तोकिएका छन् ।

    लुम्बिनीमा कुसुम महर्जन, कर्णालीमा लिमा अधिकारी र सुदूरपश्चिममा विष्णुकुमार श्रेष्ठले जिम्मेवारी पाएका छन् । आउँदो २२ कात्तिक देखि २५ गते दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ । ss22.webp

    प्रकाशित मिति :कार्तिक २२, २०८१ बिहिवार - १६:१५:५३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको