२३ कात्तिक काठमाडौँ । नारायणगढ(मुग्लिन सडकखण्डको सत्र किलोमा इभी र ठूलो बस ठोक्किएर दुर्घटना भएको छ । आज बिहान भएको दुर्घटना परी चार जना सवार को मृत्यु र ६ जना घाइते भएको मुग्लिङ प्रहरीले बताए ।
आज बिहान करिब तीन बजे मुग्लिनबाट नारायणगढतर्फ जादै गरेको ईभी माइक्रो र नारायणगढबाट मुग्लिनतर्फ गइरहेको बस एकापसमा ठोक्किँदा ईभीमा सवार चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता भेषराज रिजालले जानकारी दिए ।
मृत्यु हुनेमा गोरखा आरुघाट गाउँपालिका-१ का ४२ वर्षीय राजबहादुर गुरुङ, परिचय नखुलेका ४० वर्षीया महिला, ३२ वर्षीय र ३५ वर्षीय पुरुष रहेका छन्।दुर्घटनामा अन्य छ जना घाइते भएका छन्।
घाइतमध्ये दुई जनाको भरतपुर अस्पताल र चार जनाको चितवन शिक्षण अस्पतालमा उपचार भइरहेको छ। घटना बारे थप अनुसन्धान भई रहेको छ ।