२३ काठमाडौँ । हिजो पूजा सुरु गरि आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि यो वर्षको छठ पर्व सम्पन्न गरिएको छ । यो बर्ष काठमाडौंवासीले पोखरी र अन्य नदी किनारबाट उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन गरेका हुन्।
काठमाडौंका थापाथली, शंखमुल दोभान, गौरीघाट, कमलपोखरी र रानीपोखरीमा उदाउँदो सूर्यलाई अघ्र्य दिएर छठ समापन गरिएको हो । छठका व्रतालुले आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिएका थिए । व्रतालुहरु कम्मरसम्मको पानीमा डुबेर सूर्य दर्शन गर्ने विधि छ ।कार्तिक शुक्लपक्षमा सूर्यको पूजागर्नाले मनोकांक्षा पूरा भई इच्छाएको फलप्राप्तहुने धार्मिक विश्वास गरिने छ ।
यस अवसरमा सूर्य पूजा र दर्शन गरी विवाहितामहिला–पुरुषले पति–पत्नीको दीर्घायु एवं अविवाहिताले सुयोग्य वर–वधु प्राप्तिको कामनाकालागि गर्छन् ।छठ पूजाले सन्तानप्राप्तिहुने धार्मिक विश्वाससमेत व्याप्त छ । विशेष गरी तराईमा मनाइने मिथिला संस्कृतिमाआधारित छठ पर्व विसं २०४६ पछि काठमाडौंलगायत पहाडी क्षेत्रमा समेत मनाउनथालिएको हो ।