२३ कात्तिक काठमाडौँ । नारायणगढ–मुग्लिन सडकखण्डको सत्र किलोमा आज बिहान भएको दुर्घटनामा ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ ।
अन्य पाँच जना घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । घटना आज बिहान ३ः०० बजे मुग्लिङबाट नारायणगढतर्फ जादै गरेको इभी माइक्रोबस र नारायणगढबाट मुग्लिङतर्फ आइरहेको बस एकापसमा ठोक्किँदा माइक्रोमा सवार गर्नेहरु ५ जनाको मृत्यु भएको हो ।
घटनामा परि मृत्यु हुनेमा गोरखा आरुघाट गाउँपालिका–१ का ४२ वर्षीय राजबहादुर गुरुङ, माइक्रोबसका चालक, परिचय नखुलेका ४० वर्षीया महिला, ३२ वर्षीय र ३५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
घाइते पाँच जनामध्ये दुई जनाको भरतपुर अस्पताल र तीन जनाको चितवन शिक्षण अस्पतालमा उपचार भइरहेको छ । यस घटनामा मृत्यु हुने परिचाहान खुल्न बाकी रहेको छ । प्रहरीका अनुसार घाइतेहरुको केहीको अवस्था सामान्य छ भने केहीको अवस्था गम्भीर रहेको जानकारी दिए ।