Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आगामी मंसिरमा हुने उपनिर्वाचनको लागि कांग्रेसले दैलेख र जाजरकोटमा उम्मेदवारको टुङ्गो सार्वजानिक ग¥यो

आगामी मंसिरमा हुने उपनिर्वाचनको लागि कांग्रेसले दैलेख र जाजरकोटमा उम्मेदवारको टुङ्गो सार्वजानिक ग¥यो

जोईन खबर

२३, कार्तिक २०८१
  • 616
    SHARES
  • आगामी मंसिरमा हुने उपनिर्वाचनको लागि कांग्रेसले दैलेख र जाजरकोटमा उम्मेदवारको टुङ्गो सार्वजानिक ग¥यो

    २३ कात्तिक काठमाडौँ । नेपाली कांग्रेसले आगामी १६ मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनका लागि दैलेख र जाजरकोटमा उम्मेदवारको टुङ्गो लगाएको छ ।३० वैशाख २०७९ मा सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएका दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष, दैलेखकै दुल्लु नगरपालिका–१३, का वडाध्यक्ष, जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख र जाजरकोटकै कुशे गाउँपालिका–७, का वडाध्यक्षको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।

    images

    दैलेखको महाबु गाउँपालिकाकाको अध्यक्षमा झलक भण्डारी, दुल्लु नगरपालिका–१३, को वडाध्यक्षमा शेरबहादुर शाहीको नाम टुङ्गो लागेको छ । जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुखमा इन्द्रा चन्द सिंह र कुशे गाउँपालिका–७, को वडाध्यक्षमा खम्बबहादुर सिंहको नाम टुङ्गो लागेको छ ।नलगाडको उपप्रमुख प्रदेश र महाबुको अध्यक्ष, दुल्लु–१३ र कुशे–७ का वडाध्यको टुङ्गो जिल्ला कार्यसमितिले लगाएको हो ।प्रवक्ता शाहीका अनुसार कालिकोट, डोल्पा, हुम्ला, रुकुमपश्चिममा उम्मेदवार छान्ने काम जारी रहेको छ ।

    images
    images
    images

    कर्णाली प्रदेशअन्तर्गत नगरपालिका उपप्रमुख एक, गाउँपालिका अध्यक्ष एक, गाउँपालिका उपाध्यक्ष एक र पाँच वडाध्यक्ष गरी आठ पदमा उपनिर्वाचन हुनेछ ।

    जसमा जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख, दैलेखको महाबु गाउँपालिका अध्यक्ष, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष तथा दैलेखको दुल्लु नगरपालिका–१३, कालीकोटको तिलागुफा नगरपालिका–४, जाजरकोटको कुसे गाउँपालिका–७, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ र रुकुमश्चिमको सानीभेरी गाउँपालिका–५, मा वडाध्यक्ष पदमा उपनिर्वाचन हुनेछ ।

    प्रकाशित मिति :कार्तिक २३, २०८१ शुक्रवार - ११:३४:५९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको