Logo

बिहिवार, कार्तिक १३ गते २०८३

विमानस्थालबाट २२ युवती फिर्ता

विमानस्थालबाट २२ युवती फिर्ता

जोईन खबर

२३, कार्तिक २०८१
  • 682
    SHARES
  • विमानस्थालबाट २२ युवती फिर्ता

    २३ कात्तिक काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २२ युवती फिर्ता भएका छन् । भिजिट भिसामा कुबेर उडाइन लागेका ती युवती मानवतस्करीको आशंकामा विमानस्थल अध्यागमनले उनीहरुलाई फर्काइदिएको हो ।उनीहरु हिमालयन एयरलाइन्समार्फत बिहीबार राति ९ः४५ को उडानबाट कुवेत जान लागेका थिए ।

    images

    दुबई हुँदै कुवेत जान लागेका उनीहरूसँग एकातिरको बोर्डिङ पास र अर्कातिरको भिसा भएको फेला परेपछि राति नै फिर्ता गरिएको विमानस्थल अध्यागमन प्रमुख तीर्थराज भट्टराईले बताए ।भट्टराईका अनुसार उनीहरुसँग दुबईको भिसा र कुवेतको बोर्डिङ पास थियोे । घटनामा कसैलाई पक्राउ गरिएको छैन । एकजना पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिएको थियो ।

    images
    images
    images

    विमानस्थल अध्यागमनका पूर्वप्रमुख गोविन्दप्रसाद रिजालको संयोजकत्वमा कार्यदल समेत बनाइएको थियो । तर, एक महिनाअघि उनी त्यहाँबाट सरुवा भई अध्यागमन विभागको महानिर्देशक भएपछि भिजिट भिसालाई नियमन गर्ने काम रोकिएको छ ।भिजिट भिसाको विकृति नियन्त्रण जरुरी भएको वर्तमान प्रमुख भट्टराई पनि स्वीकार गरेका छन् ।

    प्रकाशित मिति :कार्तिक २३, २०८१ शुक्रवार - १२:४६:१३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको