Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नारायणघाट मुग्लिन सडकमा दुर्घटनामा परि मृत्यु हुने सबैको पहिचान खुल्यो

नारायणघाट मुग्लिन सडकमा दुर्घटनामा परि मृत्यु हुने सबैको पहिचान खुल्यो

जोईन खबर

२३, कार्तिक २०८१
  • 691
    SHARES
  • नारायणघाट मुग्लिन सडकमा दुर्घटनामा परि मृत्यु हुने सबैको पहिचान खुल्यो

    २३ कात्तिक काठमाडौँ ।नारायणघाट मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका-२९ सत्र किलोमा भएको दुर्घटनामा मृत्यु भएका पाँचै जनाको खुलेएको छ । शुक्रबार बिहान ३ बजे नारायणगढतर्फ जाँदै गरेको ०६-००१ ज ०२९८ नम्बरको माइक्रो र  मुग्लिङ जाँदै गरेको ०३-००१ ख २८१२ नम्बरको बस ठोक्किएर दुर्घटना भएको थियो।

    images

    दुर्घटनामा परी मृत्यु हुनेमा माइक्रोमा सवार गोरखाको आरूघाट गाउँपालिका-५ मान्बु बस्ने अन्दाजी ४० र ४२ वर्षीय राजबहादुर गुरूङ, माइक्रो चालक चितवनको खैरहनी नगरपालिका-४ का ३९ वर्षीय अनोज अधिकारी छन्।

    images
    images
    images

    माइक्रोमा सवार भारत घर भई हाल कास्कीको पोखरा महानगरपालिका-९ बस्ने ३६ वर्षीय राजकुमार साह, नवलपरासीको विनयत्रिबेणी गा.पा.४ बगैंचा बस्ने बर्ष ३५ को सन्तोष भुसाल र ३३ वर्षीया सबिना भुसालको पनि मृत्यु भएको छ।मृतकका आफन्तहरूले अस्पताल पुगेर शव सनाखत गरेका थिए।दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताए । 

    प्रकाशित मिति :कार्तिक २३, २०८१ शुक्रवार - १६:१६:२६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको