Logo

बिहिवार, कार्तिक १३ गते २०८३

ब्याडमिन्टनको कोचिङ कोर्स सम्पन्न

ब्याडमिन्टनको कोचिङ कोर्स सम्पन्न

जोईन खबर

२५, कार्तिक २०८१
  • 652
    SHARES
  • ब्याडमिन्टनको कोचिङ कोर्स सम्पन्न

    २५ कात्तिक काठमाडौँ । नेपाल ब्याडमिन्टन संघको आयोजनामा ओलम्पिक सोलिडारिटी बीडब्लुएफ लेभल वान कोचिङ कोर्स शनिबार सम्पन्न भएको छ ।छ दिने कोर्समा १५ पुरुष र ६ महिला गरी २१ जनाको सहभागिता रहेको थियो ।

    images

    सहभागीलाई बीडब्लुएफ ट्युटर चेक रिपब्लिककी मार्केटा तथा ब्याडमिन्टन एसिया ट्युटर भुटानका दोर्जी र नेपालकी सरादेवी तामाङले प्रशिक्षण दिएका थिए ।नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले डल्लु आवास क्षेत्रमा नवनिर्मित भूकम्प स्मृति बहुउद्देश्यीय कभर्डहलमा आयोजित एक कार्यक्रमबीच सहभागीलाई प्रमाण पत्र प्रदान गरे ।

    images
    images
    images

    यसअघि यहि कात्तिक ९ देखि १६ गतेसम्म ब्याडमिन्टन संघले लेभल २ कोचिङ कोर्स आयोजना गरेको थियो । दुवै कोर्स नेपाल ओलम्पिक कमिटीको सहयोगमा भएको हो ।ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले कोर्स आयोजनाका लागि सहयोग गरेकोमा ओलम्पिक कमिटीलाई धन्यवाद दिए ।

    प्रकाशित मिति :कार्तिक २५, २०८१ आइतवार - १०:२५:३४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको