२५ कात्तिक काठमाडौँ । ललितपुर महानगरपालिकाले राष्ट्रिय सहकारी विकास बोर्डको अनधिकृत संरचना भत्काएको छ ।
ललितपुरको हरिहरभवनमा रहेको बोर्डको अनधिकृत संरचना महानगरले आज बिहान डोजर र नगर प्रहरीहरु परिचालन गरी भत्काएको हो ।
ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथुका अनुसार यसअघि अदालतले अनधिकृत संरचना हटाउन आदेश दिएको थियो ।