१५ कात्तिक काठमाडौँ ।गोरखा बारपाक सुलिकोट गाउँपालिकामा रहेको सुलिकोट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको चौथौँ वार्षिक साधारण सभा यहि आउदो मंसिर १५ गते देखि १७ गते सम्म सञ्चालन हुने भएको छ । संस्थाले यही मिति २०८१ कार्तिक १ गते का दिन बसेको सञ्चालक समितिको बैठकको निर्णयले यस संस्थाको चौथो बार्षिक साधारण सभा निम्न मिति, स्थान र समयमा बस्ने निर्णय गरेको हो ।
सुलिकोट बहुउद्देश्यीय सहकारी संस्थाको चौथौँ वार्षिक साधारण सभाको पहिलो दिन मंसिर १५ गते बारपाक सेवा केन्द्र बारपाकमा दिउँसो २:०० बजे हुने भएको छ । त्यसै गरि मंसिर १६ गते मुख्य कार्यालय सौरपानी सेवा केन्द्र सौरपानीमा, बिहान ८:०० बजे र मंसिर १६ गते नै ताकुकोट सेवा केन्द्र ताकुकोटमा दिउँसो २:०० बजे र मंसिर १७ गते बिहान ७:३० बजेमा देउराली सेवा केन्द्र देउरालीमा हुने संस्थाका सह-सचिव राजन बाबु श्रेष्ठले बताउनु भयो ।
साधारण सभामा संस्थाको सबै सदस्य हरुलाई उपस्थित हुन संस्थाले अनुरोध गरेको छ । यो साधारणसभा मंसिर १५गते देखि १७ गते सम्म चल्ने छ ।वार्षिक साधारणसभामा बिभन्न प्रस्ताव र विषयमाथि छलफल गर्ने पनि संस्थाले जनाएको छ। साधारणसभामा संस्थाको संञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूको प्रतिवेदन प्रस्तुतगर्ने, छलफल गरि पारित गर्ने ,अनुमोदन सम्बन्धमा वार्षिक प्रगति प्रतिवेदन,अध्यक्षज्यूको आर्थिक वर्ष २०८०/८१ को लेखा परीक्षण प्रतिवेदन छलफल गरि पारित गर्ने भएको हो ।
आर्थिक वर्ष २०८०/०८१ को लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत, छलफल र अनुमोदन, आर्थिक वर्ष २०८०/०८१ को लेखा परीक्षण प्रतिवेदन प्रस्तुत, छलफल र अनुमोदन,आर्थिक वर्ष २०८०/०८१ को ऋण उप समितिको प्रतिवेदन प्रस्तुत, छलफल र अनुमोदन,आर्थिक वर्ष २०८१/०८२ को लागि संस्थाको बार्षिक कार्यक्रम तथा बजेट प्रस्तुत, छलफल र अनुमोदन गर्ने सम्बन्धमा र आर्थिक वर्ष २०८१/०८२ को लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा छलफल गर्ने भएको छ ।
यसै सभामा संस्था र गाउपालिकाबाट खरिद गरेको कृषि एम्बुलेन्स संचालन तथा व्यवस्थापन कार्यबिधी २०८१ अनुमोदन गर्ने सम्बन्धमा छलफल संस्थाको कार्यालय प्रयोजनको लागि मुख्य कार्यालय र सेवा केन्द्रहरुमा जग्गा खरिद सम्बन्ध यस साधारण सभाको निर्णय पुस्तिका प्रमाणीत गर्न शेयर सदस्य र संचालक समितिका तर्फबाट ९ जना सदस्यको मनोनयन गर्ने सम्बन्ध छलफल र पारित,कोषाध्यबाट गरिने छ । संस्थाको व्यवसायिक योजना सञ्चालक तौर तरिकाको छलफल र पारित शेयर सदस्य र संञ्चालक समितिका तर्फबाट सदस्यको मनोनयन गर्ने लगायतको प्रस्तावहरु छलफल गरिने सह(सचिव श्रेष्ठले जानकारी गराउनुभएको छ ।