२५ कात्तिक काठमाडौँ । काठमाडौं महानगरपालिकाको चाबहिलको काठ गोदाममा आगलागी भएको छ ।काठमाडौं महानगरपालिकाको नगर प्रहरीका अनुसार चाबहिलको सरस्वतीनगरमा एक फर्निचर उद्योग र काठ गोदाममा आगलागी भएको हो ।
अहिले महानगरको ४ वटा दमकल र स्थानिय सुरक्षाकर्मीसहितको टोली आगो निभाउन खटिएका छन् । घटना बारे थप विवरण र क्षती बारे अनुसन्धान भइ रहेको छ ।
आगो लाग्नुको कारण खुलेको छैन् । अहिले आगो नियन्त्रण गर्ने कार्य हुदै छ ।