Logo

बिहिवार, कार्तिक १३ गते २०८३

१५ औं गोल्डेन ड्रागन च्याम्पियनसिपमा अमेरिकामा भूपेन्द्रलाई २ रजत

१५ औं गोल्डेन ड्रागन च्याम्पियनसिपमा अमेरिकामा भूपेन्द्रलाई २ रजत

जोईन खबर

२५, कार्तिक २०८१
  • 634
    SHARES
  • १५ औं गोल्डेन ड्रागन च्याम्पियनसिपमा अमेरिकामा भूपेन्द्रलाई २ रजत

    २५ कात्तिक काठमाडौँ  । नेपालका भूपेन्द्र गुरुङले १५ औं गोल्डेन ड्रागन च्याम्पियनसिपमा रजत जितेका छन् । अमेरिकाको क्यालिफोर्नियास्थित आर्काडिया हाइ स्कुल जिम्नाजियममा नोभेम्बर ९ तारिखमा भएको प्रतियोगितामा भूपेन्द्रले २ स्पर्धामा २ रजत जितेका हुन् ।

    images

    ट्रेडिसनल चाइनिज मार्सल आटर््स फेडरेसन, युएसएद्वारा आयोजित प्रतियोगितामा भूपेन्द्रले ३६ वर्षमाथि उमेरसमूहमा ताइची र ट्रेडिसनल चाइनिज फम्समा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा विभिन्न ३० राष्ट्रका २ सय ५० भन्दा बढी खेलाडीको सहभागिता रहेको बताइएको छ ।

    images
    images
    images

    भूपेन्द्रको यो पाँचौं अन्तर्राष्ट्रिय पदक हो । यसअघि उनले विभिन्न ३ अन्तर्राष्ट्रिय प्रतियोगितामा ३ स्वर्ण पदक जितेका छन् । उनले सन् २०१८ मा जर्मनीमा भएको विश्व च्याम्पियनसिप, सन् २०१९ मा थाइल्यान्डमा भएको सातौं विश्व कुङफु च्याम्पियनसिप र सन् २०२२ मा युकेमा भएको युरोपियन च्याम्पियनसिपमा स्वर्ण जितेका थिए ।

    उनले सन् २०२२ मा भारतको लखनउमा भएको १४ औं राष्ट्रिय कुङफु च्याम्पियनसिपमा निर्णायकको भूमिका पनि निर्वाह गरेका थिए । 

    प्रकाशित मिति :कार्तिक २५, २०८१ आइतवार - २१:१०:१० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको