२६ कात्तिक काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद ९डीपी० अर्यालले दोस्रो चरणको सडक आन्दोलनको कार्यक्रम आज साँझ सम्म टुङ्गो लाग्ने बताएका छन् ।
आन्दोलन परिचालन समिति संयोजक समेत रहेका उनले यसका लागि पार्टी सभापति रवि लामिछानेसँग समय मिलाएर छलफल गरि अघि बढने समेत बताए ।लामिछाने हिरासतमै रहे पनि समय मिलाएर बसेर संवाद गर्ने अर्यालले जानकारी दिए । यसका लागि काठमाडौँमै रहेका अर्का उपसभापति डाक्टर स्वर्णिम वाग्लेलाई पनि आफूले पोखरा बोलाएको उनले बताए ।
अहिले उपसभापति स्वर्णिम वाग्ले जीलाई पनि पोखरा बोलाएको छु‚’ उनले भने‚ ‘हिरासतमै भए पनि सभापतिज्यूसँग एकछिन बसेर छलफल गरेर साँझ सम्म कसरी जाने भनेर विज्ञप्ति जारी गर्छु भनेका छन् । सङ्गठित महाभ्रष्टाचार र कुशासनविरुद्ध, सहकारी पीडित, लघुवित्त एवं मिटर ब्याज पीडितका समस्या समाधान, प्रवासमा रहेका नेपाली युवाहरूको मुलुक निर्माणमा सहभागिता र प्रवासका समस्या समाधान र राष्ट्रिय राजनीतिका मूल मुद्दाहरूमा केन्द्रित रही आम नागरिकहरू र राष्ट्रिय हितका शक्तिहरूको सहकार्यमा अब दोस्रो चरणको सशक्त आन्दोलन गर्ने निर्णय रास्वपाको छ ।
सोही कारण आन्दोलनको नयाँ कार्यक्रम तय गर्न छलफल गर्न लागिएको अर्यालको भनाई छ । यतिवेला सभापति लामिछाने कास्की प्रहरीको हिरासतमा छन् । हिजोमात्र उनलाई १३ दिन म्याद थप भएको छ ।