२६ कात्तिक काठमाडौँ । जाजरकोटमा जिप दुर्घटना हुदा ३ जना घाइते भएको छन् । आज बिहान करिब ११ बजेतिर बारेकोटबाट खलङ्गा जादै गरेको घ १ ज ५९५ नम्बरको बोलेरो जिप नलगाड नगरपालिका–४ को बाउसे खोलाको जिरो प्वाइन्टमा दुर्घटना भएको जाजरकोट प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएकाहरुको जिल्ला अस्पताल जाजरकोट उपचारका भइ रहेको प्रहरीले बताएको छ ।गाडी बिच सडकमा पल्टिएको हो । घटनाबारे थप विवरण आउन बाँकी छ ।