२७ कात्तिक काठमाडौँ । ज्यान मुद्दाका दोषी ठहर भएका गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङेलाई डिल्लीबजार कारागार चलान गरिएको छ ।
पक्राउ पूर्जी पछि आज बिहान काठमाडौंको सितापाइलाबाट पक्राउ परेका मनाङेलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरेको थियो ।
उनलाई पेस गरेको दिनै अदालतले मनाङेलाई डिल्लीबजार कारागार चलान गरेको हो ।मनाङेलाई कात्तिक २० गते सर्वोच्च अदालतले र उच्च अदालत पाटनबाट भएको फैसला सदर गरेको थियो ।
उच्च अदालत पाटनले उनलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष कैदको फैसला सुनाएको थियो । सर्वोच्चले पनि पाँच वर्ष कैदको फैसला सदर गरेको हो ।