२८ कात्तिक काठमाडौँ ।आज देशभर तापक्रम घट्न र चिसो बढ्न थालेको छ। हिउँदयाम नजिकिँदै जाँदा काठमाडौँ लगायत विभिन्न स्थानको आजको तापक्रम धेरै घटेको हो ।
मौसम पूर्वानुमान महाशाखाले अनुसार आज बिहान ८:४५ बजे सार्वजनिक गरेको विवरणअनुसार जुम्लाको न्यूनतम तापक्रम ०.३ डिग्री सेल्सियस, डडेल्धुरामा ८.९ डिग्री सेल्सियस काठमाडौँ र ताप्लेजुङमा समान १०.५ डिग्री सेल्सियस न्यूनतम तापक्रम रहेको छ।
हिजो मंगलबार जुम्लाको तापक्रम ३.६ डिग्री सेल्सियस थियो। काठमाडौँका लागि यो यस वर्षअन्तर्गत अहिलेसम्मकै कम तापक्रम महाशाखाले बताएको हो । आज सबैभन्दा बढी न्यूनतम तापक्रमचाहिँ जनकपुरमा २०.४ डिग्री सेल्सियस रहेको महाशाखले जनाउको छ ।
यस्तो छ आजको देशभरको तापक्रमको विवरण
