२८ कात्तिक काठमाडौँ । प्रधानमन्त्री तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति केपी शर्मा ओली प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली आज जुम्लातर्फ प्रस्थान गरेका छन् ।
उनी दीक्षान्त समारोहमा कुलपति तथा प्रधानमन्त्रीसहित स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राध्यापक डा अञ्जनीकुमार झा, अमेरिकास्थित हार्डवेयर मेडिकल कलेज सेन्टर फर प्राइमरी केयर र सिस्टम स्ट्रेन्थेनिङका निर्देशक क्रिस्टिन मसेङ्गर पनि स कार्यक्रम सहभागी हुन जुम्ला गएको प्रधानमन्त्री निजी सचिवालयले बताए ।