२८ कात्तिक काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीलाई उपनिर्वाचनको उमेदवारलाई टिकट बाँड्ने जिम्मेवारी दिइएको छ ।
मंगलबार बसेको केन्द्रीय समितिको बैठकले उमेदवारको मनोनयनको औपचारिक पत्र प्रदान गर्ने जिम्मेवारी बुर्लाकोटीलाई दिएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । असोज १३ गतेको बैठकले टिकट दिने अधिकार सभापति रवि लामिछानेलाई दिएको थियो ।
सहकारी ठगी प्रकरणमा लामिछाने पक्राउ परेपछि टिकट बाँड्ने अधिकार बुर्लाकोटीलाई दिइएको हो ।