२८ कात्तिक काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज पत्रकार सम्मेलन गर्दै अबको १५ दिनभित्र बक्यौता रकम नउठे ती कम्पनीहरुमा फेरी लाइन काटिने बताएका छन् ।
निर्देशक घिसिङले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै घिसिङले सरकारले गरेको निर्णय कार्यान्वयन गर्नका लागि महशुल नबुझाएका उद्योगहरूको लाइन पुनः जडान गरेको भन्दै अबको १५ दिनभित्र वक्यौता रकम नउठे पुनः लाइन काट्ने उल्लेख गरे ।
यसअघि पनि बक्यौता नतिरेकैका कारण कानुनबमोजिम लाइन काटेको भन्दै उनले अहिले मन्त्रिपरिषद्को निर्णयअनुसार अघि बढेको बताए ।अब ट्रक तथा डेडिकेटेड विद्युत् महसुल दीर्घकालीन रूपमा नै समाधान हुनुपर्ने समेत बताए ।
यो विषय सरकार, प्राधिकरण मात्रै नभइ आमजनसरोकारको विषय भएको उनको भनाइ छ । विद्युत महशुल तिर्नका लागि आनकानी गर्दै केही उद्योगीहरूले यसलाई राजनीतिकरण गर्न खोजेको आरोप लगाए । उनले भने यो बिषयमा बोल्न मलाई आमजनाताको साथसहयोग चाहिने समेत उल्लेख गरेको छन् ।