२८ कात्तिक काठमाडौँ । आईसिसी यु १९ महिला विश्व कपमा स्थान बनाउन नेपालले युनाइटेड अरब इमिरेट्स(युएई) बाट मध्यम लक्ष्य पाएको छ ।
युएईको अजमानमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रनको मध्यम योगफल तयार गर्यो । युएईका लागि कप्तान समाइरा धारनीधार्काले ३१ , रिनिथा रञ्जिथाले २० तथा इन्दुजा नन्दकुमारी र लाभन्या केन्याले समान १० रन जोडिन् ।
एक समय ५९ रनमा २ विकेट गुमाएर बलियो स्थितीमा रहेको युएईले २४ रन जोड्दा ७ विकेट गुमायो ।
नेपालका लागि कृष्मा गुरुङले ४, रिया शर्मा र सिमाना केसीले समान २ तथा रचना चौधरीले १ विकेट लिए । कप्तान पुजा महतोले ४ ओभरमा मात्र ११ रन खर्चेर उत्कृष्ट बलिङ गरिन् ।