Logo

बिहिवार, कार्तिक १३ गते २०८३

कारको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना घाइते

कारको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना घाइते

जोईन खबर

२८, कार्तिक २०८१
  • 715
    SHARES
  • कारको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना घाइते

    २८ कात्तिक काठमाडौँ । काठमाडौंको शंखरापुरमा कारको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन्।

    images

    आज दिउँसो साढे २ बजेतिर शंखरापुरको इन्द्रायणी पुल नजिकै बा १९ प २६९५ नम्बरको कारले मोटरसाइकललाई ठक्कर दिएको हो।कारको ठक्करबाट दुई जना घाइते भएको प्रहरीले जनाएको छ।

    images
    images
    images

    घाइते दुई जनालाई शंखरापुर अस्पतालमा लगिएको थियो। त्यहाँबाट ग्राण्डी अस्पतालमा रिफर गरिएको छ।प्रहरीका अनुसार प्रकाश भुजेल नामका सवारी चालक फरार छन्। अहिले उनको खोजी भइरहेको छ। 

    प्रकाशित मिति :कार्तिक २८, २०८१ बुधवार - १७:२५:०० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको