२९ कात्तिक काठमाडौँ । अहिले निर्माणाधीन गृह मन्त्रालयको नयाँ भवनको निरीक्षण गृहमन्त्री रमेश लेखकले गरेका छन् । गृहमन्त्रीले सिंहदरबारभित्र गृह मन्त्रालयका लागि नयाँ बन्दै गरेको भवनको निरीक्षण गरेका हुन् ।
अत्याधुनिक प्रविधिमा बन्दै गरेको भूकम्प प्रतिरोधात्मक भवन बन्ने तयारीमा रहेको छ । अहिलेको गृह मन्त्रालयको भव पुरानो र साँघुरो भएसँगै नयाँ भवन बन्न लागेको हो ।
उनले नयाँ भवन निर्माण अवधिभित्रै सम्पन्न गरी बुझाउन निर्माण कम्पनीलाई आग्रह समेत गरेका छन् । उनले निर्माण कम्पनीले सम्झौता गरेअनुरुप भवनको गुणस्तरीय बनाएर समयमा नै सरकारलाई हस्तान्तरण गरिने बताए ।