Logo

बिहिवार, कार्तिक १३ गते २०८३

अब आउने मंसिरमा हुने उपनिर्वाचनमा ४ पालिकाको उपप्रमुख पदमा महिलाहरुले मात्रै उम्मेदवार बन्न पाउने 

अब आउने मंसिरमा हुने उपनिर्वाचनमा ४ पालिकाको उपप्रमुख पदमा महिलाहरुले मात्रै उम्मेदवार बन्न पाउने 

जोईन खबर

२९, कार्तिक २०८१
  • 649
    SHARES
  • अब आउने मंसिरमा हुने उपनिर्वाचनमा ४ पालिकाको उपप्रमुख पदमा महिलाहरुले मात्रै उम्मेदवार बन्न पाउने 

    २९ कात्तिक काठमाडौँ । अब आउने मंसिरमा हुने उपनिर्वाचनमा ४ गाउँपालिकाको उपप्रमुख पदमा महिलाहरुले मात्रै उम्मेदवार बन्न पाउने भएका छन् ।आयोगका अनुसार दोलखाको गौरीशंकर, जाजरकोटको नलगाड, हुम्लाको सार्केगाड र बाजुराको स्वामिकार्तिक गाउँपालिकाको उपप्रमुख पदका लागि महिलाहरुले मात्रै उम्मेदवारी दिन पाउने भएका हुन् ।

    images

    ती गाउँपालिकाको प्रमुखमा निर्वाचित पुरुषहरु पदमा बहाल रहेकाले राजनीतिक दलहरुबाट महिलाहरु मात्रै उम्मेदवार बन्न पाउने भनी निर्वाचन आयोगले नीतिगत निर्णय गरेको हो । उपनिर्वाचन मंसिर १६ गते हुँदैछ ।उपनिर्वाचनमा ७ वटा स्थानीय तहमा प्रमुख वा उपप्रमुख पदका लागि निर्वाचन हुँदैछ ।

    images
    images
    images

    तीमध्ये चारवटा स्थानीय तहमा यसअघि नै पुरुष निर्वाचित भएकाले अर्को पदका लागि महिला अनिवार्य गरिएको हो । यसअघि नै महिला निर्वाचित भएकाले ती स्थानीय तहको रिक्त पदमा बन्देजात्मक व्यवस्था लागू हुने छैन ।स्थानीय तह निर्वाचन ऐन, २०७४ को दफा १७९४० मा दलले स्थानीय तहको प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिंदा ५० प्रतिशत महिला उम्मेदवार रहने गरी मनोनयनपत्र पेश गर्नुपर्ने व्यवस्था छ । 

    प्रकाशित मिति :कार्तिक २९, २०८१ बिहिवार - १३:४६:४८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको