२९ कात्तिक काठमाडौँ । पुथ्वीराजमार्ग अन्तरगत नागढुङ्गा सडक आजदेखि आउँदो मङ्सिर ५ गतेसम्म बन्द हुने भएको छ । नागढुङ्गा सुरुङ मार्ग धादिङको सिस्ने खोलामा स्लोप कटिङ गर्नुपर्ने भएकाले सडक बन्द गरिने नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाले जनाएको छ ।
एक सूचना प्रकाशित गरी आजदेखि आउँदो मङ्सिर ५ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म आंशिक रुपमा बन्द हुने जनाएको छ ।
यसैगरी २०/२० मिनेटमा खोल्ने र बन्द गर्ने गरी काम गरिने आयोजनाले जनाएको छ । सडक बन्द हुँदा वैकल्पिक सडक प्रयोग गर्नसमेत आयोजनाले सूचनामार्फत आग्रह गरेको छ ।