Logo

बिहिवार, कार्तिक १३ गते २०८३

राष्ट्रपति पौडेल दोहा पुगे

राष्ट्रपति पौडेल दोहा पुगे

जोईन खबर

३०, कार्तिक २०८१
  • 553
    SHARES
  • राष्ट्रपति पौडेल दोहा पुगे

    ३० कात्तिक काठमाडौँ । नेपालका राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकुमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (कोप२९) का पक्षहरूको २९औँ सम्मेलनमा सहभागी भई स्वदेश फर्कने क्रममा आज कतारको दोहा आइपुगेका छन् ।

    images

    संयुक्त राष्ट्रसंघको वार्षिक जलवायु सम्मेलन नोभेम्बर ११ मा अजरबैजानको बाकु सहरमा सुरु भएको थियो । राष्ट्रपति पौडेललाई हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारस्थित नेपाली दूतावासका कर्मचारीले स्वागत गरेका थिए ।

    images
    images
    images

    राष्ट्रपति पौडेलका साथमा प्रथम महिला सविता पौडेल, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी, राष्ट्रपतिका सल्लाहकार र सरकारका उच्चपदस्थ अधिकारीहरु सहभागी छन् ।

    प्रकाशित मिति :कार्तिक ३०, २०८१ शुक्रवार - ०७:२९:३८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको