Logo

बिहिवार, कार्तिक १३ गते २०८३

असभ र राजवीर फाइनलमा

असभ र राजवीर फाइनलमा

जोईन खबर

३०, कार्तिक २०८१
  • 787
    SHARES
  • असभ र राजवीर फाइनलमा

    ३० कात्तिक काठमाडौँ । असभसम्राट हाडा र राजवीर प्रधान होटल मिस्टिक माउन्टेन ग्रान्ड खुला जेटीआई जुनियर टेनिस प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

    images

    सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भएको यु–१६ ब्वाइज सिंगल्समा असभले साङे रोकायालाई ६–० र ६–४ तथा राजवीरले दीर्घायु लामालाई ६–० र ६–१ को सोझो सेटमा पराजित गरे ।

    images
    images
    images

    नेपाल टेनिस संघको प्राविधिक सहयोगमा बागमती प्रदेश टेनिस संघद्वारा आयोजित प्रतियोगिताको यु–१६ गल्र्स सिंगल्समा जेनी खड्का र समृद्धि महर्जनले सेमिफाइनलमा स्थान पक्का गरे । जेनीले दिब्यता भण्डारीलाई ६–१ र ६–२ तथा समृद्धिले कर्मिस्था श्रेष्ठलाई ६–२ र ६–३ को सोझो सेटमा हराए ।

    प्रकाशित मिति :कार्तिक ३०, २०८१ शुक्रवार - ०७:३७:५३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको