Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बयान सकिए संगै सभापति लामिछानेलाई रुपन्देहीबाट  पोखरा लगिदै 

बयान सकिए संगै सभापति लामिछानेलाई रुपन्देहीबाट  पोखरा लगिदै 

जोईन खबर

३०, कार्तिक २०८१
  • 529
    SHARES
  • बयान सकिए संगै सभापति लामिछानेलाई रुपन्देहीबाट  पोखरा लगिदै 

    ३० कात्तिक काडमाडौँ । सहकारी ठगी आरोपमा पक्राउ गरेका र।ाष्ट्रिय स्वतन्त्र पार्टीका  सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज रुपन्देहीबाट बयान सकिए पछि  पोखरा लगिएको  छ

    images

    बुटवलको सुप्रिम सहकारीको बचत रकम अपचलन प्रकरणअन्तर्गत संगठित अपराधको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा मंगलबारदेखि जारी बयान बिहिबार सकिएपछि हिजै बुद्ध एयर मार्फत कास्की पठाउने तयारी गरेपनि मौसम प्रतिकुलताका कारण विमान नउडेपछि रुपन्देहीमै राखिएको थियो ।

    images
    images
    images

    बयानका क्रममा प्रहरीले लामिछानेलाई मंगलबार मौखिक र बुधबार तथा बिहीबार लिखित ७० भन्दा बढी प्रश्न सोधेको छ । उनको ३ दिनमा साढे २३ घण्टा बयान लिइएको छ ।

    उनलाई सहकारी ठगी र सङ्गठित अपराधकै कसुरसम्बन्धी प्रश्नहरू सोधिएका छन्।अव उक्त बयानका आधारमा सरकारी वकिलको कार्यालयले प्रतिवेदन तयार गर्ने छ। कास्की प्रहरीको हिरासतमा रहेका बेला लामिछानेविरुद्ध रुपन्देही जिल्ला अदालतले कात्तिक ८ गते पक्राउ पुर्जी जारी गरेको थियो।

     

    प्रकाशित मिति :कार्तिक ३०, २०८१ शुक्रवार - ११:०४:४५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको