३० कात्तिक काठमाडौँ । सुर्खेतमा स्कुल बसको ठक्करबाट ५ बर्षीय बालिकाको घटनास्थलमा मृत्यु भएको छ ।आज बिहान वीरेन्द्रनगर नगरपालिका–१, त्रिपुरेश्वरमा सनसाइन एकेडेमी स्कुलको बसले अन्दाजी ५ वर्षीय समीक्षा सुनारलाइ ठक्कर दिँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
प्रहरीका अनुसार कर्णाली प्रदेश ०२००१ क ००६८ नम्बरको सनसाइन एकेडेमी बोर्डिङ स्कुलको बसले बालिकालाई ठक्कर दिँदा समीक्षाको घटनास्थलमै मृत्यु भएको हो ।
अहिले चालक र गाडी प्रहरीको नियन्त्रणमा छन् । बालिकाको शव घटनास्थलमै छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको सुर्खेत प्रहरीले जनाएको छ ।