३० कात्तिक काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश र समाजलाई अराजकता र निरंकुशतातिर फर्काउने कसरत भइरहेको बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन। उनले आफूहरूले स्थापित गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्य, मान्यताबाट पछि हट्न खोज्ने आफैँभित्र पनि कोही भए उनीहरूलाई सफल हुन दिन नहुने बताए।
अध्यक्ष दाहालले विगतको जस्तै संविधान मिच्ने, सांसदलाई विघटन गर्ने कसरत हुन दिनु नहुने बताए।अध्यक्ष दाहालले संविधान आवश्यक मात्रामा संशोधन गर्नुपर्ने तर संविधानका पक्षधरहरू गम्भीर हुन जरुरी रहेको बताए।