Logo

बिहिवार, कार्तिक १३ गते २०८३

एनपिएलका लागि सुदूरपश्चिम रोयल्स र म्यारीयटबीच सम्झौता

एनपिएलका लागि सुदूरपश्चिम रोयल्स र म्यारीयटबीच सम्झौता

जोईन खबर

३०, कार्तिक २०८१
  • 775
    SHARES
  • एनपिएलका लागि सुदूरपश्चिम रोयल्स र म्यारीयटबीच सम्झौता

    ३० कात्तिक काठमाडौँ । नेपाल प्रिमियर लिगका लागि सुदूरपश्चिम रोयल्सले काठमाडौं म्यारीयट होटेलसँग सम्झौता गरेको छ । विहीबार रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्का र म्यारीयटका सेल्स एण्ड मार्केटिङ विभागका क्लस्टर डाइरेक्टर विपुल कम्बोजले सम्झौतामा हस्ताक्षर गर्नुभयो ।खड्काले म्यारियटसँग सम्झौता गर्न पाउँदा खुसी व्यक्त गरे ।

    images

    नेपालमा पछिल्लो समय पर्यटनको सम्भावनालाई मध्यजर गर्दै होटलमा लगानी गर्ने वातावरण बन्दै गइरहेको छ । म्यारियटजस्तो विश्वकै अग्रणी संस्थाले नेपाली क्रिकेटको सम्भाव्यतालाई मध्यनजर गर्दै क्रिकेट र नेपालीको नयाँ ब्रान्ड एनपिएलमा गरेको लगानी स्वागतयोग्य छ ।

    images
    images
    images

    फ्रेन्चाइज क्लबहरुमा सबैभन्दा धेरै लोकप्रिय भएको सुदुरश्चिमाञ्चल रोयल्सले म्यारियटसँग सम्झौता गर्न पाउँदा खुसी छौं,ु खड्काले भने ।कम्बोजले एनपिएलका लागि उत्साहित रहेको बताए । ुहामी सुदुरपश्चिम रोयल्सलाई स्वागत गर्न पाउँदा उत्साहित छौं । टोलीलाई उत्कृष्ट खेलका लागि शुभकामना दिन चाहन्छौं, उनले भने ।क्यानको‌ आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १५ देखि पुस ६ गते सम्म एनपिएल हुनेछ ।

    यसका लागि सुदुरपश्चिमले ४ विदेशी खेलाडी पनि अनुबन्ध गरिसकेको छ । टोलीको मेन्टरमा अष्ट्रेलियाका ब्राड हज र मुख्य प्रशिक्षकमा जगत टमाटा हुनुहुन्छ । टोलीको मार्की खेलाडी दीपेन्द्र सिंह ऐरी हुनुहुन्छ ।हाम्रो टोली ( दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, अभिनास बोहोरा, विनोद भण्डारी , अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद , अमित श्रेष्ठ, ब्रान्डन मक्मलेन स्कटल्यान्ड, सेफ अलि जेब इंग्ल्यान्ड, स्कट कुगेलेइन न्युजिल्याण्ड, रोहन मुस्तफा यूएई रहेका छन् । 

    प्रकाशित मिति :कार्तिक ३०, २०८१ शुक्रवार - १५:३७:२९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको