Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नप्याब्सन खेलकुद सप्ताहको तयारी

नप्याब्सन खेलकुद सप्ताहको तयारी

जोईन खबर

३०, कार्तिक २०८१
  • 790
    SHARES
  • नप्याब्सन खेलकुद सप्ताहको तयारी

    ३० कात्तिक काठमडौँ । एनप्याब्सन काठमाडौं जिल्ला कार्यसमितिको आयोजनामा सातौं एनप्याब्सन खेलकुद सप्ताह मंसिर २१ ग्तेदेखि हुने भएको छ ।खेलकुद सप्ताहमा विभिन्न ४ खेलको प्रतिस्पर्धा हुने कार्यक्रम संयोजक प्रेमकुमार भुजेलले जनाएका छन् । फुटसल, बास्केटबल, कबड्डी र तानडोरीमा छात्र÷छात्रातर्फ प्रतिस्पर्धा हुनेछ ।

    images

    चारै खेलका लागि संयोजक पनि तोकिएको छ । फुटसलमा गोकर्णेश्वर नगर प्याब्सनका अध्यक्ष निराजन आचार्य, बास्केटबलमा आयोजकका उपाध्यक्ष माधव अधिकारी, कबड्डीमा आयोजकका पूर्व उपाध्यक्ष श्याम योञ्जन र तानडोरीमा आयोजकका उपाध्यक्ष नारायणबाबु तिमल्सिनालाई संयोजकको जिम्मेवारी दिइएको छ ।

    images
    images
    images

    फुटसल कमलादीस्थित युनिग्लोब कलेज, बास्केटबल कपनको सरस्वतीनगरस्थित एपेक्स लाइफ स्कुल, कबड्डी भीमसेनगोलास्थित अमर आदर्श स्कुल र तानडोरी बूढानीलकण्ठमा खेलाइने छ ।खेलकुद सप्ताहमा ७५ भन्दा बढी विद्यालयको सहभागिता रहने आयोजकले जनाएको छ ।

    उद्घाटनको मार्च पास्टमा शीर्ष तीन स्थानमा रहने विद्यालयलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार नगद पुरस्कार प्रदान गरिने छ ।मंसिर २९ गतेसम्म चल्ने खेलकुद सप्ताह सञ्चालन गर्न करिब ७ लाख रुपैयाँ खर्च हुने संयोजक भुजेलले जानकारी दिए ।

    प्रकाशित मिति :कार्तिक ३०, २०८१ शुक्रवार - १५:४२:३६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको