Logo

बिहिवार, कार्तिक १३ गते २०८३

भारतीय सहरमा ४२ लाख रुपैयाँसहित एकजना नेपाली युवक पक्राउ

भारतीय सहरमा ४२ लाख रुपैयाँसहित एकजना नेपाली युवक पक्राउ

जोईन खबर

२, मंसिर २०८१
  • 625
    SHARES
  • भारतीय सहरमा ४२ लाख रुपैयाँसहित एकजना नेपाली युवक पक्राउ

    २ मंसिर काठमाडौँ । नेपालको बिरगंज सिमाना जोडिएको भारतीय सहर रक्सौलमा ४२ लाख सहित एकजना नेपाली युवक पक्राउ परेका छन् । उनी  ठूलो परिमाणमा लागुऔषध सहित पक्राउ परेका प्रहरी बताए ।

    images

    उनलाई गोप्य सूचनाको आधारमा भारतीय प्रहरीले छापा मार्दा लागुऔषधसहित बिरगंजका युवा राजा हुसैनलाई पक्राउ गरेको हो।

    images
    images
    images

    मोतिहारी जिल्लाका एसपी स्वर्ण प्रभातले रक्सौल प्रहरी चौकी र एन्टी लिकर टास्क फोर्सको संयुक्त टोलीले ४२ लाख रुपैयाँ बराबरको लागुऔषध सहित राजा हुसैन लाई सनिवार पक्राउ गरेको बताएका छन् ।

    हुसैनको साथबाट ठूलो परिमाणको चरेस,ब्राउन सुगर,कोरेक्स सिरप,  खाली कोरेक्सका डब्बा, नेपाली नम्बरको स्कुटर र मोटरसाइकल बरामद गरिएको एसपी प्रभातले जानकारी दिएका छन्।

    पक्राउ परेका हुसैन प्रहरी नियन्त्रणमा रहेको तथा आवश्यक अनुसन्धान पश्चात  कारबाहीका प्रक्रिया अगाडि बढाउने जिल्ला प्रहरी कार्यालय मोतीहारीले जनाएको छ।

    प्रकाशित मिति :मंसिर २, २०८१ आइतवार - ११:०८:१८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको