२ मंसिर काठमाडौँ । झापामा फलामको रड प्रहार गरी छिमेकीको हत्या गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । यस घटनामा पक्राउ पर्ने बाह्रदशी गाउँपालिका वडा न ५ का २६ वर्षीय मानकुमार राजवंशी रहेको प्रहरीले बताएका छन् ।
हिजो शनिबार राति करिब ९ बजे तर उनले ४५ वर्षीय छिमेकी गंगालाल माझीलाई रड प्रहार गरी हत्या गरेको आरोप मा प्रहरीले सूचना पाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीले बताए ।
टाउकोमा रड प्रहार गरिएका माझीलाई राति नै बिएन्डसी अस्पताल बिर्तामोड पुर्याइएकोमा उनको मृत्यु भएको थियो ।घटनाको कारण पुरानो ‘रिसिइबी’ रहेको खुलेको छ। राजवंशी अहिले हिरासतमा राखिएको छ ।