Logo

बिहिवार, कार्तिक १३ गते २०८३

ताकुकोटको न्वागी पर्व मेला  मंसिर ५ गते बेलुका र ६ गते दिउसो मनाईने

ताकुकोटको न्वागी पर्व मेला  मंसिर ५ गते बेलुका र ६ गते दिउसो मनाईने

जोईन खबर

२, मंसिर २०८१
  • 2.1K
    SHARES
  • ताकुकोटको  न्वागी पर्व मेला  मंसिर ५ गते बेलुका  र  ६ गते दिउसो मनाईने

    २ मंसिर काठमाडौँ । गोरखा बारपाक सुलिकोट गाउँपालिका वडा न ६ ताकुकोट कोटथोकमा अवस्थित मा रहेको माइ भगवाती मन्दिरमा हुने न्वागी पर्व  मंसिर ५ गते बेलुका र ६ गते दिउसो मनाईने  छ । यस पर्व ताकुकोट र आसपासका  वडाहरू मिलेर हरेक वर्ष धुमधाम रुपमा मनाइने न्वागी पर्व यो वर्ष यही मंसीर ५ गते बेलुका र ६ गते दिउँसोमा परेको छ । न्वागी पर्वको अवसरमा ताकुकोटको वडा नं ६ कोटथोकमा रहेको  प्रसिद्ध धार्मिक स्थल श्रीमाई भगवती मन्दिरमा ठुलो मेला लाग्ने गर्दछ ।

    images

    यस पर्वमा अघिल्लो दिन निराहार बसी रातभर मन्दिरमा पूजा गर्ने तथा बत्ति बाल्ने गरिन्छ भने भोलि पल्ट बिहान साइत हेरेर न्वागी खाने काम गरिन्छ । प्रत्येक वर्ष कात्तिक महिनाको १५ गते भन्दा पछि उपयुक्त दिन हेरी माइ भगवती मन्दिरका पुरोहितले कात्तिके पुजा गर्ने गर्दछन् र सोहि पुजाको दिनमा मुट्ठी लिने तथा न्वागी खाने दिन जुराउने गरिन्छ । मुट्ठी लिने भन्नाले किसानले खेतमा फलाएको धानको एक गाँज पुजा गरी उक्त धानको गाँज काटी घरमा ल्याउने चलन हो ।यसरी विभिन्न रुपमा मुट्ठी लिएपछि मात्रै खेतको धान काट्ने गरिन्छ । यसरी काटिएको नयाँ धान कुटेर सो धानको चामलमा दहि, केरा, तिल, नरिवल आदि मिसाइ दहि चामल खाने गरिन्छ । यसरी खाइने दहि चामललाई ‘न्वागी खाने’ भन्ने चलन छ ।

    images
    images
    images

    दहि चामल खाने दिन दिउसो मन्दिरमा बोकाको बलि सहित विशेष पुजा एवं होम गर्ने तथा ठुलो मेला लाग्ने गर्दछ ।ताकुकोटको न्वागी मेला ठ्याक्कै कहिले सुरु भयो भन्ने यकिन तथ्याङ्क नभए पनि माइ भगवती को उत्पत्ति संगसंगै करिब ४००  ५००  वर्ष पहिले देखि न्वागी पर्वको थालनी भएको र सो पर्वमा मेला लाग्ने गरेको स्थानिय नल प्रसाद सुवेदी बताउनु भयो  ।

    यो पर्व सामाजिक तथा सांस्कृतिक महत्व पनि उत्तिकै रहदै आएको छ । पर्वको अवसर पारी मन्दिर परिसरमा लाग्ने मेलामा ताकुकोट वडा न ६ त्यसै नजिकै जोडीएको पहिला गाविसा थियो , भने अहिले २०७४को निर्वाचन पछि स्थानिय सरकार भए संगै गाउँपालिका भए पछि वडा न ६ घोषण गरिएको  छ ।यसका साथै  गाउँपालिका  वडा न  ४ सौरपानी ,वडा न ३ स्वाँरा ,वडा न ५ ताकुमाझ लाकुरीबोट, वडा न ७ देउराली, वडा न ८ पन्द्रुङ सहित अन्य सिमाना सँग जोडीएको गाउँपालिका छन्, जस्तै भिमसेनथापा गाउँपालिका मसेल, सिरनचोक गाउँपालिका  जौवारी र गाँखु, अजिरकोट गाउँपालिका श्रीनाथकोट र सिम्जुङ सम्म नागरिकहरू आउने गरिन्छ । छिमेकी गाउँपालिका वा वडाबाट हजारौ भक्तजनहरु आउने गर्दछन् ।

    मेलामा विभिन्न समुदायको पहिचान झल्कने झाँकीका साथमा जातिय पहिचान बोकेको मारुनी, सोरठी, चुड्का, भजन, झ्याउरे लगायतका नाचहरु देखाउने गरिन्छ । यस बर्षको पर्वमा माई भगवाती पूजा समिति तथा स्थानियहरुको सहकार्यमा  स्थानिय कलाकार तथा राष्ट्रिय स्तरका कलाकारहरूको बेजोड प्रस्तृतिमा कार्यक्रम हुने छ ।  यो पर्वलाई ताकुकोट बासीहरुले पराम्परा अनुसार र्नै हर्षोल्लाष पुर्ण ढंगले धुमधाम पुर्वक मनाउने तयारी गरि रहेका छन् । 

    प्रकाशित मिति :मंसिर २, २०८१ आइतवार - ११:५५:५२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको