३ मंसिर काठमानडौँ । पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोकमा सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
मन्त्रिपरिषद् बैठकले ढुंगानाको निधनमा गहिरो शोक र द्धाञ्जली तथा परिवारमा समवेदना व्यक्त गर्दै आज बिदा दिने निर्णय गरेको हो। त्यस्तै ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने पनि सरकारले निर्णय गरेको छ ।
कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो ।
त्यसलगत्तै ढुङ्गानाको पार्थिव शरीर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालस्थित शवगृहमा राखिएको छ ।पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज बिहान ११ बजेदेखि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिने भएको छ ।