Logo

बिहिवार, कार्तिक १३ गते २०८३

टेलिकमले बलियो भेन्चर कम्पनीले निर्माण गरेको रोबर्टलाई आजदेखि प्रयोग ल्याउन सुरु

टेलिकमले बलियो भेन्चर कम्पनीले निर्माण गरेको रोबर्टलाई आजदेखि प्रयोग ल्याउन सुरु

जोईन खबर

३, मंसिर २०८१
  • 550
    SHARES
  • टेलिकमले बलियो भेन्चर कम्पनीले निर्माण गरेको रोबर्टलाई आजदेखि प्रयोग ल्याउन सुरु

    ३ मंसिर काठमाडौँ । नेपाल टेलिकमले सुन्धारा शाखामा आजदेखि मैना रोबर्टबाट सर्भिस डेलिभरी आरम्भ गरेको छ।टेलिकमले बलियो भेन्चर कम्पनीले निर्माण गरेको रोबर्टलाई आजदेखि प्रयोगमा ल्याएको हो। रोबर्टको नाम मैना राखिएको छ।

    images

    रोबर्टले नेपाल टेलिकमले दिने सेवासुविधा र प्याकेजहरूको विषयमा ग्राहकहरूलाई जानकारी दिने नेपाल टेलिकम सुन्धारा शाखाका प्रमुख दिनेश पन्थीले बताए। सुन्धारा कार्यालयलाई नेपाल टेलिकमको उत्कृष्ट सेवा दिने कार्यालय बनाउने हिसावमा विभिन्न कार्यहरु सुरु गरेको पनि जानकारी दिए।

    images
    images
    images

    पन्थीले रोबर्टलाई ६ सय प्रश्नको तालिम गराएको बताए। सरकारी कम्पनीले दिने सेवा सुविधा राम्रो हुँदैन भन्ने बाहिर मानसिकतालाई हटाउने गरी काम गरिरहेको छ। रोबर्टलाई ६ सय प्रश्नको तालिम गराएका छौं।

    बिस्तारै नेपाल टेलिकमले दिने सेवा सुविधा र प्याकेजहरु निकालिन्छ।नेपाल टेलिकमले दिने सेवा सुविधा र कम्पनीका विषयमा मैना रोवर्डलाई सोध्न सकिन्छ।उनले सुन्धारा कार्यालयमा विहान ७ बजेदेखि बेलुका ७ बजेसम्म सर्भिस दिने गरेको बताए। यस शाखाले कात्तिक महिनाको उत्कृष्ट कर्मचारीमा कपिल लामिछानेलाई घोषणा गरेको छ।

    प्रकाशित मिति :मंसिर ३, २०८१ सोमवार - १२:२४:०७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको