३ मंसिर काठमाडौँ । आज सोमबार सुन र चाँदी दुवैको मूल्य बढेको छ ।नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आज सुन प्रतितोला एक हजार रुपैयाँले बढेको हो ।
आईतबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ६० हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ ।
चाँदीको मूल्य प्रतितोला एक हजार ९२० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । आईतबार चाँदीको मूल्य प्रतितोला एक हजार ९०५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।