Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेपालले टस जितेर पहिलो ब्याटिङ गर्दै

नेपालले टस जितेर पहिलो ब्याटिङ गर्दै

जोईन खबर

४, मंसिर २०८१
  • 670
    SHARES
  • नेपालले टस जितेर पहिलो ब्याटिङ गर्दै

    ४ मंसिर काठमाडौँ । नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टोलीले भारतको कर्नाटक यू-१९ टोलीसँगविरुद्ध ब्याटिङ गर्दैछ । काठमाडौंको मुलपानी क्रिकेट मैदानमा टस जितेर नेपालले पहिले ब्याटिङ सुरु गरेको हो । यो चौथो खेल हो ।

    images

    यसअघि भएको पहिलो खेलमा हार ब्यहोरेको नेपालले दोस्रो र तेस्रो खेलमा जित निकाल्दै पाँच खेलको शृङ्खला २(१ को अग्रता बनाएर खेलिरहेको छ ।

    images
    images
    images

    आइतबार भएको तेस्रो अभ्यास खेलमा नेपाल १२१ रनले विजयी भएको थियो । आजको खेल जितेमा नेपालले एक खेल बाँकी हुँदै शृङ्खला नै जित्नेछ ।

    अन्तिम खेल बिहीबार हुनेछ ।आउँदै गरेको एसीसी यू(१९ एसिया कपको तयारीका लागि नेपाली युवा टोलीले घरेलु मैदानमा एकदिवसीय अभ्यास सिरिज खेलिरहेको छ ।

    एसीसी यू–१९ एसिया कप यही नोभेम्बर २९ देखि डिसेम्बर ८ सम्म यूएईमा हुँदै छ । त्यसका लागि क्यानले हेमन्त धामीको कप्तानीमा १८ सदस्यीय टोली घोषणा गरेर अभ्यास सुरु गरिएको हो ।

    प्रकाशित मिति :मंसिर ४, २०८१ मंगलवार - १०:२६:५९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको