Logo

बिहिवार, कार्तिक १३ गते २०८३

टिआईएलाई हराउँदै ग्रिनल्याण्ड फाइनलमा

टिआईएलाई हराउँदै ग्रिनल्याण्ड फाइनलमा

जोईन खबर

४, मंसिर २०८१
  • 529
    SHARES
  • टिआईएलाई हराउँदै ग्रिनल्याण्ड फाइनलमा

    ४ मंसिर काठमाडौँ । काठमाडौं । १६औं टिआईए अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधिका लागि छात्रतर्फ ग्रिनल्याण्ड र एचएचसीए भिड्ने भएका छन् भने छात्रातर्फ भ्याली पब्लिक र एनसीसीएस फाइनलमा पुगेका छन् ।

    images

    बुढानिलकण्ठस्थित टिआईएको कोर्टमा भएको सेमिफाइनलमा ग्रिनल्याण्डले घरेलु टोलीलाई ५३–३९ स्कोरले हरायो । ग्रिनल्याण्डलाई जित दिलाउनका लागि सुरेश बिसी एक्लैले २१ स्कोरको योगदान गरे ।छात्रतर्फकै अर्को खेलमा एचसीसीएले ज्ञानोदयलाई ४८–४४ को अन्तरले हरायो । ज्ञानोनयका दिशान राईले १६ स्कोरको योगदान दिए ।

    images
    images
    images

    छात्रातर्फको पहिलो सेमिफाइनलमा भ्याली पब्लिकले हिमरश्मी स्कुललाई २८–२३ स्कोरले हरायो भने अर्को सेमिफाइनलमा एनसीसीएसले दिक्षालयलाई २६–२५ को मसिनो अन्तरले पराजित ग¥यो ।

    प्रतियोगिताको फाइनल र थर्ड प्लेसको खेल मंगलबार हुनेछ ।टिआईए स्कुलको आयोजनामा भइरहेको प्रतियोगितामा छात्र र छात्रातर्फ समान १६–१६ टिमले प्रतिष्पर्धा गरेका थिए ।

     

    प्रकाशित मिति :मंसिर ४, २०८१ मंगलवार - १०:५६:४७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको