४ मंसिर काठमाडौँ । आज सुन र चाँदीदुवैको मूल्य बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस दिन सुन प्रतितोला एक हजार १०० रुपैयाँ र चाँदी तोलामा ३५ रुपैयाँले बढेर कारोवार भएको हो । सोमबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ६१ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।
यस दिन चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले बढेको छ । चाँदी यस दिन प्रतितोला एक हजार ९५५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला एक हजार ९२० रुपैयाँमा खरिदबिक्री भएको थियो ।