४ मंसिर काडमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं आफनै घरबाट पक्राउ परेका छन्। प्रसाईंलाई प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो ।
प्रसाईँले सोमबार मात्रै पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियास्थित एक टेलिकम कम्पनीमा झन्डै ३२ अर्ब लगानी रहेको दाबी गर्दै केही दस्ताबेज सार्वजनिक गरे पछि उनलाई पक्राउ गरिएको हो। उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)को टोलीले घरमै पुगेर पक्राउ गरेको प्रहरीले जनाए ।
सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षकएसपी होबिन्द्र बोगटीले साइबर अपराध सम्बन्धी कसुरमा उनलाई पक्राउ गरेको पुष्टि गरेको छ ।
उनले दावी गरेको ती दस्ताबेज तथ्य जाँच भने भइसकेको छैन । एमालेले र ओली निकटहरूले ती दस्ताबेज फर्जी रहेको बताए पछि उनलाई सिआइबीको टोलीले पक्राउ गरेको हो ।