Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सहकारी ठगीमा पक्राउ परेकाहरुको बयान सकिए सँगै रम्तेललाई पोखरा लागिदै,लामिछाने र जोशीलाई काठमाडौँ ल्याउने तयारी

सहकारी ठगीमा पक्राउ परेकाहरुको बयान सकिए सँगै रम्तेललाई पोखरा लागिदै,लामिछाने र जोशीलाई काठमाडौँ ल्याउने तयारी

जोईन खबर

४, मंसिर २०८१
  • 706
    SHARES
  • सहकारी ठगीमा पक्राउ परेकाहरुको बयान सकिए सँगै रम्तेललाई पोखरा लागिदै,लामिछाने र जोशीलाई काठमाडौँ ल्याउने तयारी

    ४ मंसिर काठमाडौँ । सहकारी ठगीको आरोपमा पक्राउ परेका रम्तेल लामछिने र जोशीको बयान सकिएको छ ।  स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेका कुमार रम्तेललाई बयान सकेर पोखरा फिर्ता गरिएको छ।

    images

    उनलाई शनिबार कास्की कारागारबाट काठमाडौं ल्याइएका रम्तेलले सोमबार जिल्ला प्रहरी परिसर काठमाडौंमा बयान दिएका थिए। बयानपछि उनलाई सोमबार साँझ विमानमार्फत पुनस् पोखरा पठाइएको हो।

    images
    images
    images

    प्रहरीका अनुसार रम्तेलले सहकारी ठगी प्रकरणमा आफ्नो संलग्नता अस्वीकार गर्दै ‘पुरानो साथी’ गितेन्द्रबाबु ९जिबी० राईलाई संकटका बेला सहयोगका लागि मात्र सहकारी सदस्यका रूपमा बसेको बताएका छन्।

    पूर्वडिआइजी छ विलाल जोशीलाई काठमाडौं ल्याएर बयान गराउने तयारी भएको छ। जोशीलाई बिहीबारसम्म काठमाडौं ल्याएर बयानपछि मात्र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई काठमाडौं ल्याइने प्रहरीको योजना छ । काठमाडौं जिल्ला अदालतले आइतबार मात्र जोशी र लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। 

    प्रकाशित मिति :मंसिर ४, २०८१ मंगलवार - १६:०५:३४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको