४ मंसिर काठमाडौँ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि अस्ट्रेलियाका राजदूत लिन जोनटनबिच आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा दुई देशबिचको सदियौँदेखिको आपसी सम्बन्ध र हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यस भेटमा परराष्ट्र मन्त्रालयका उपसचिव अम्बिका जोशीलगायत सहभागी हुनुभएको थियो ।