५ मंसिर काठमाडौँ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका १ बरुवा चोकमा ट्रकको ठक्करबाट एकजना साइकलयात्रीको मृत्यु भएको छ ।
घटना गएराति लु २ ख ८९३ नम्बरको ट्रकको ठक्करबाट साइकलमा सवार स्थानीय ६५ वर्षीय रामजी नेपालीको मृत्यु भएको हो ।
ट्रकले ठक्कर दिएका नेपालीलाई शहीद स्मृति सामुदायिक अस्पताल चौपत्ता पुराउदा डाक्टरहरुले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरीले जनाए ।
ट्रक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिइ थप अनुसन्धान गरि रहेको छ ।