५ मंसिर काठमाडौँ । गोरखा बारपाक सुलिकोट गाउँपालिकाको बारपाकमा गएराती एक घर मा आगालागी भएको छ । गएराती साँढेआठ आगालागी हुदा बारपाक सुलिकोट गाउँपालिका वडा २ का ओमबहादुर घलेको घर जलेर नष्ट भएको एक स्थानीयले जानकारी दिए ।
आगालागीमा परी घरमा रहेका लुगा कपडा, अन्नपात, भाँडाकुँडा र नगद ७० हजार जलेर नष्ट भएको ओमबहादुर घलेले जानकारी दिए ।
जाडोको बेला बस्ने घर पनि छैन, लगाउने लुगा कपडा पनि बाँकी छैन । ओढ्ने ओछ्याउने पनि छैन’ घलेले भने, ‘खाने कुरा पनि केही छैन ।
स्थानीय प्रहरीचौकीबाट खटिएका प्रहरी र स्थानीयबासीको पहलमा साँढे नौ बजेतिर आगो नियन्त्रणमा आए पनि घर भने पूरै जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।