Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज राजधानीमा दुई समूहको प्रदर्शन हुदै

आज राजधानीमा दुई समूहको प्रदर्शन हुदै

जोईन खबर

७, मंसिर २०८१
  • 535
    SHARES
  • आज राजधानीमा दुई समूहको प्रदर्शन हुदै

    ७ मंसिर काठमाडौँ । आज काठमाडौँका तीन स्थानमा दुई समूहले प्रदर्शन गर्दै छन्।माइतीघरमा केही दिनदेखि नै सहकारी पीडितहरूले प्रदर्शन गरिरहेका छन् भने आज  नेकपा एमाले र मेडिकल व्यवसायी दुर्गा प्रसाईँ समूहले पनि काठमाडौँका फरक९फरक स्थानमा प्रदर्शन गर्ने भएका हुन्।

    images

    एमालेले दरबारमार्गमा जागरण सभा गर्दै छ। जसअन्तर्गत उसले भद्रकालीबाट र्‍याली निकालेर सुन्धारा, वीर अस्पताल, रत्नपार्क घन्टाघर हुँदै दरबारमार्गमा सभा गर्नेछ।यस्तै हाल हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँको समूहले पनि कोटेश्वरमा प्रदर्शन गर्दै छ।

    images
    images
    images

    यसरी आज एकैदिन तीन ठाउँमा प्रदर्शन हुने भएपछि जिल्ला प्रशासन कार्यालयले काठमाडौँको सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ। तीन ठाउँमा प्रदर्शन हुने भएकाले आम नागरिकको जनजीवन सहज र सुरक्षित बनाउन आज ५ हजारभन्दा बढी प्रहरी खटाइएको हो ।

    त्यस्तै ट्राफिक व्यवस्थापन अस्तव्यस्त नहोस् भन्नाका लागि ५ सयभन्दा बढी ट्राफिक प्रहरी परिचालन गरिएको छ । तयस्तो हुदा पनि आज करिब ९ बजे देखि  नै जाम पर्न सुरु भएको छ । 

    प्रकाशित मिति :मंसिर ७, २०८१ शुक्रवार - ११:१८:०७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको