Logo

बिहिवार, कार्तिक १३ गते २०८३

हेटौँडाको चुरियामाईमा  बस दुर्घटना हुँदा १७ जना घाइते

हेटौँडाको चुरियामाईमा  बस दुर्घटना हुँदा १७ जना घाइते

जोईन खबर

७, मंसिर २०८१
  • 745
    SHARES
  • हेटौँडाको चुरियामाईमा  बस दुर्घटना हुँदा १७ जना घाइते

    ७ मंसिर काठमाडौं । मकवानपुर हेटौँडाको चुरियामाई मन्दिरनजिकै बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। घटना हेटौँडा उपमहानगरपालिका वडा न १५ मा आज बिहान वीरगन्जबाट पोखरातर्फ जाँदै गरेको ग२ख १६२१ नम्बरको बस ब्रेक फेल भई सडक छेउको खोल्सामा पल्टिएर दुर्घटना भएको प्रहरीले बताए ।

    images

    दुर्घटनामा घाइतमध्ये बाराको पर्सैनी गाउँपालिकाकी ९ वर्षीया जोनीशा कुमारी ठाकुरको अवस्था गम्भीर छ। अन्य १६ जना घाइतेमध्ये १४ जनाको अवस्था मध्यम र २ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

    images
    images
    images

    घाइतेहरूमा बारा, पर्सा, चितवन, कैलाली र स्याङ्जाका नेपाली नागरिकका साथै चार जना भारतीय छन्।  घाइतेहरूको उद्धार गरी हेटौँडा अस्पतालमा पुर्‍याएको छ।

    सबै घाइतेको उपचार हेटौँडा अस्पतालमा भइरहेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामु अर्यालले बताए। दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रकाशित मिति :मंसिर ७, २०८१ शुक्रवार - १२:४७:४६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको