Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज केही प्रदेशमा हल्का बर्षाको सम्भावना

आज केही प्रदेशमा हल्का बर्षाको सम्भावना

जोईन खबर

८, मंसिर २०८१
  • 787
    SHARES
  • आज केही प्रदेशमा हल्का बर्षाको सम्भावना

    ८ मंसिर काठमाडौँ । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा भारत उत्तर प्रदेशको तल्लो वायुमण्डलमा कमजोर निम्नचापीय प्रणाली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ ।

    images

    कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक(दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक(दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी एवं हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

    images
    images
    images

    आगामी २४ घण्टामा कोशी, बागमती गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक(दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।काठमाडौँ उपत्यकाको अहिलेको न्यूनतम तापक्रम ९ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । आज यहाँको अधिकतम तापक्रम २१ देखि २३ डिग्री सेल्सियसका बीच रहने विभागले जनाएको छ ।

     

    प्रकाशित मिति :मंसिर ८, २०८१ शनिवार - ०७:५०:४६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको