९ मंसिर काठमडौँ । सहकारी ठगी प्रकरणमा प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वगृहमन्त्री तथा सभापति रवि लामिछानेलाई चौथो पटक म्याद थपका लागि जिल्ला अदालत पोखरामा पेस गरिएको छ ।
यस प्रकरणमा लामिछानेसहित छविलाल जोशी, लीला पछाई र रामप्रसाद खनाललाई पनि अदालतमा लगिएको छ । यसअघि थपिएको म्याद शुक्रबार सकिएकाले पुनः म्याद थपका लागि आज अदालतमा उपस्थित गराइएको हो ।
सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति सुद्धीकरण प्रकरणमा कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्धनिर्देशक लामिछानेमाथि यसअघि तीनपटक म्याद थप भइसकेको छ ।
लामिछानेविरुद्ध पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा अनुसन्धान गर्न सुरुमा कास्की जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । त्यसपछि रूपन्देही, काठमाडौं र चितवनले पनि पक्राउ पुर्जी जारी गरेका छन् ।